Logo
२६ बैशाख २०८१, बुधबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका मियाँको शव फेला

सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष मंगलबार बिहान मृत फेला परेका छन् ।

सोमबार अपराह्न राजविराज नगरपालिका–४ निवासी अन्दाजी ४५/५० वर्षीय शाहआलम मियाँ पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासीले खोजी गर्दा पनि फेला पर्न सकेका थिएनन्। ।

राजविराजका प्रहरी उपरीक्षक मुकेश कुमार सिहंका अनुसार आज बिहान पोखरीमा तैरिएको अवस्थामा स्थानीयवासीले मियाँलाई देखेर प्रहरीलाई खबर गरेपछि पानीबाट शव निकालिएको थियो ।अत्याधिक मदिरा सेवन गरी मियाँ नुहाउन गएको अवस्थामा डुबेको प्रहरीको अनुमान छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्