Logo
११ श्रावण २०८१, शुक्रबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जथाभावी फोहोर फाल्ने ८४ जनाबाट रु दुई लाख ३७ हजार ३५० असुलउपर

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनामाथिकारबाही गरेको छ ।काठमाडौँ महानगरपालिकाले कारबाहीमा परेका ८४ जनाबाट रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ ।

फोरह लिन आउँदा नफ्याक्ने , अन्यसमयमा जथाभावी फोहर फ्याक्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जना कारबाहीमा परेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप रु दुई लाख ३७ हजार ३५० असुल गरिएको छ। जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था विभागले गरेको छ । हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्