Logo
७ जेष्ठ २०८१, सोमबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक एजेण्डामा हाम्रो कुरा मिलेको छैन, सरकारमा जाँदैनौँ : उपेन्द्र यादव

काठमाडौं : पार्टीभित्रको आन्तरिक विवादले चर्को रुप लिइरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बाहिर बसेर सरकारलाई सहयोग गर्न सकिने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी ओलीसँग कुरा नमिलेको बताए । ‘मन्त्री बन्ने विषय ठूलो होइन’, उनले भने, ‘संविधान संशोधनका विषयमा र हामीले उठाए राजनीतिक एजेण्डामा कुरा मिलेको छैन । ती कुरा नमिल्दासम्म सरकारमा जाँदैनौँ ।’

तपाईहरूको आन्तरिक विवादले गर्दा शपथ लिन नपाएको आरोप छ नि ? भन्ने प्रश्नको जिज्ञासामा अध्यक्ष यादवले भने, ‘कुनै विवाद छैन । रेणु यादव र राजेन्द्र श्रेष्ठ पनि सक्षम व्यक्ति हुन् । उनीहरू मन्त्री बन्नेबारेमा कुनै विवाद छैन । विवाद छ भनेर समाचार लेख्नेहरू पित पत्रकारिता गरिरहेका छन् ।’ संघीय फोरमका मन्त्रीलेकहिले शपथ लिन्छन् भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो कुरा बालुवाटार गएर केपी ओलीलाई सोध्नुस् । मलाई थाहा छैन ।’

अध्यक्ष यादवले सरकारमा गइरहनु नपर्ने बताए । ‘सरकारमा जानु पर्दैन । बाहिर बसेर पनि राम्रो काम गरेमा ओली सरकारलाई सहयोग गर्न सकिन्छ’, उनले भने, ‘सरकारमा गएर मन्त्री बन्ने कुनै हतारो छैन ।’

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्