Logo
२४ बैशाख २०८१, सोमबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चारबाक जस्ता नास्तिकलाई समेत ऋषिकुलमा राख्न सक्ने हिन्दुको विशाल मन

सन्तोष आचार्य

राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा विश्वलाई समेट्नु पर्दछ) अग्नीघ्र को नौ पुत्र थिए तिनै पछी गएर जम्बूद्वीप को नौ खण्डको स्वामी बने, जसको नाम उनीहरूकै नाम अनुसार नै नामाकरण गरियो ! इलावृत वर्ष, भद्राश्व वर्ष, केतुमाल वर्ष, कुरु वर्ष, हिरण्यमय वर्ष, रम्यक वर्ष, हरि वर्ष, किंपुरुष वर्ष र हिमालय देखि लिएर समुद्र को भूभागको नाम नाभि खंड राखियो । नाभि र कुरु यी दुई वर्ष धनुष को आकृति वाला छ भनेर भनिएको छ ।

नाभि का पुत्र ऋषभ जन्मिए र ऋषभ ले ‘भरत’ लाई जन्माए । भरत को नाम बाटनै यो नाभि खंडको नाम भारतवर्ष भनिन थालियो । र आजको नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका जस्ता देश सबै यही नाभी खंडमा पर्दछन !  त्यसैले यी भारत वर्ष अन्तर्गत भयो ! भारत वर्षको अर्थ भारत हैन ! हाम्रो सभ्यता यही हुर्कियो अनि यही मौलायो ! हिन्दु शास्त्रमा भनिएको छ “विद्वं च नृपं चैव,नैव तुल्यं कदाचन:। स्वदेशे पूज्यते राजा,विद्वान सर्वत्र पूज्यते।।“

अर्थात् विद्वता र राज वैभव यी दुईको तुलना कदापि हुन सक्दैन , राजा आफ्नो देशमा मात्रै सम्मानित हुन्छ भने विद्वान सबै तिर पुजिंछ । ऋषिमुनी लाई ज्ञान आर्जन गर्नलाई सीमाले रोकेन भूगोलले छेकेन  हाम्रो देश जो आज नेपाल नामले परिचित छ यो एक देवभुमि तथा तपोभुमि हो ! जहा कयौ ऋषि मुनीहरू जस्तै कणाद, कपिल, विस्वामित्र, बशिष्ट, ब्याश आदि जन्मिए। जसले हिन्दु सभ्यता विकासको लागि आफ्नो सम्पूर्ण समय लगाए ! आजपनि सवा अर्ब जति हिन्दूहरू विश्वमा छरिएर रहेका छन्।

नेपाल, भारत, मौरिसस, इन्डोनेसियाको बाली टापु हिन्दूहरूको गढ नै हो। त्यस्तै बंगलादेशमा १.१ करोड, म्यानमारमा ७१ लाख, पाकिस्तानमा ३३ लाख, श्रीलंकामा २५ लाख, संयुक्त राज्य अमेरिकामा २० लाख, दक्षिण अफ्रिकामा १२ लाख, संयुक्त अधिराज्यमा १२ लाख, क्यानाडामा, ७ लाख, फिजीमा ५ लाख, टि्रनिडाड र टोबागोमा ५ लाख, गायानामा ४ लाख, नेदरल्याण्डमा ४ लाख, सिंगापुरमा ३ लाख, सुरिनाममा १ लाख, हिन्दूहरू स्थायी रूपमा बसोवास गरेका छन्। त्यस्तै अन्य धेरै राष्ट्रमा हिन्दूहरू निकै सङ्ख्यामा बसोवास गरीरहेका छन्।

चार्वाक जस्तो धुर्त नास्तिक व्यक्तीलाई समेत हिन्दुले सम्मान गरेर ऋषि कुलमा नै राख्यो ! उनले भनेका छन् कि “यहा न स्वर्ग छ, न नर्क न परलोक छ न आत्मा जे छ यही छ । जे देखिन्छ त्यही नै सत्य हो । कल्पनाको स्वर्ग र नर्कको संसार भ्रम मात्र हो । पशुलाई यज्ञमा बाली दिएर स्वर्ग गईन्छ भने, आफ्नो बाउ आमालाई नि मार ति नि छिटै स्वर्ग जान्छन् अनि उक्त कर्मले तिमीपनी स्वर्गै मै पुग्छु । श्राद्द गर्नु पागलपन हो ।

कागलाई बोलाएर खुवाउदा पित्री सम्म पुग्छ भने त्यही कागलाई नै खुवाउदा विदेश सम्म गएका तिम्रा पिता समक्ष किन पुग्दैन?” भनेर भन्ने चार्वाकलाई समेत हामीले ऋषि नै मान्यौ ! यावज्जीवेत सुखं जीवेद ऋणं कृत्वा घृतं पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ॥ अर्थात “जब सम्म बाच्दछौ सुखको साथमा बाच यदी तिमी सग सुख भोग्नको लागि साधन छैन भने उधार खोजेरै भए नि मोज गर शमसानमा शरिर जलेपछि फर्केर आएको कसले पो देखेको छ र !”
यसरी हिन्दु धर्मको अपब्याख्या गर्ने चार्बाकलाई समेत हामीले पुज्यौ ।

चार्बाक विश्वको पहिलो व्यक्ती हुन् जो नास्तिक थिए । उनलाई समेत हामीले ऋषि नै मानेर सम्मान गरेको छौ ! हिन्दु शास्त्रमा फरक मतलाई समेत सम्मान गरिएको छ इसाईमा जस्तो फरक मत राख्नेलाई शैतान भनिएको या मृत्युदण्ड दिईएको छैन हिन्दु धर्ममा ! त्यसैले हिन्दु धर्मको महानता अनि भारतवर्षको अर्थ तिम्रो त्यो छोटो दिमागले बुझ्दैन !
हिन्दु सभ्यता एउटा विशाल समुन्द हो तिमी जति गहिराईमा पुग्छौ त्यती नया नया कुरा फेला पार्दछौ ! यस समुन्द्रमा सुन्दर रमाईला साना माछा नि छन् यहा आकर्षक र सबै भन्दा मुल्यवान मोती पनि छ अनि विशाल दानाबरुपी जनावर पनि !

जब तिमी यहा हाम्फाल्छौ निर्मल पानीको कारण शरिर त पवित्र हुन्छ नै यसलाई बुझ्न सक्यौ भने गहिराईको बहुमुल्य मोती पनि प्राप्त गर्ने छौ बुझेनौ भने दानबरुपी माछा पनि भेट्नेछौ ! तिम्रो व्यक्तिगत सोच जस्तो छ यहा त्यस्तै कुरा भेट्छौ ! बौद्दिक भए ऋषिमुनीको साथ पाउछौ धनी भए कुवेरको साथ पाउछौ गरिब भए सुधामा लाई साथी पाउछौ अनि दुष्ट प्रवृत्ती भए रावण रुपी दैत्यको साथ पाउछौ !

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्