Logo
१२ श्रावण २०८१, शनिबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रात्रि बस दुर्घटनाग्रस्त हुँदा एकको मृत्यु दश घाइते

बागलुङ : बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस मंगलबारबिहान दुर्घटनाग्रस्त हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा बिहान करीब ५ बजे बस दुर्घटनाहुँदा १० यात्रु घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

बस सडकदेखि झण्डै २५ मिटर तल बडीगाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अहिले सम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्