Logo
१२ श्रावण २०८१, शनिबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम एकतालाई अस्वीकार गरेका वैद्य–विप्लवले बनाए नयाँ रणनीति

काठमाडौं : वाम एकतालाई अस्वीकार गरेका वैद्य–विप्लवले नयाँ रणनीति बनाएका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नयाँ रणनीति तय गर्दै दुईपार्टीबीच तत्काल एकता गर्ने र आवश्यक परे सशस्त्र संघर्षलाई अघि बढाउने समझदारी गरेका हुन् ।

पार्टी एकताको विषयमा वैद्य–विप्लववीच पछिल्लो समय निकैनै वार्तालाप हुर्दै आएको छ । वार्तालापमा दुई नेताहरुवीच सो सहमती भएको बुझिएको छ । तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्यबाट अलग्गिएर चन्दले नेकपा माओवादी गठन गरेका थिए ।

वैद्य यथास्थितिवादी र जडसूत्रवादी आरोप लगाउँदै राष्ट्रिय नाचघरबाट चन्दले नयाँ पार्टी घोषणा गरेका थिए। बहकाउमा लागेर क्रान्ति नहुने भन्दै वैद्यले विप्लवले केटाकेटीपन देखाएको बताएका थिए ।
वैद्य र चन्दबीच मात्र नभई एक वर्ष कार्यतकर्ता तहसम्म आरोप प्रत्यारोप चल्यो । तर पछिल्लो एक वर्षदेखि भने वैद्य–विप्लव एकताका लागि मिलनविन्दु खोज्न थालेका छन् । दुवै पार्टीले कार्यगत एकता र पार्टीका विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्दै आएका छन् ।

क्रान्तिकारी शक्तिहरूसँग कार्यगत एकतासँगै ध्रुवीकरण गर्दै जाने नेताहरूले बताउने गरेका छन् । माओवादी केन्द्रले एमालेसँग एकता गर्ने भएपछि वैद्यविप्लवले ऊसँगको सम्बन्द विच्छेद गरिसकेका छन् । एमाले र माओवादी केन्द्र विचार र सांगठनिक सबै दृष्टिकोणले कम्युनिष्ट नभएको दुवैको निष्कर्ष छ ।

दुईबीच पार्टी एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बताए । यो प्रक्रियालाई छिट्टै टुग्याउने तयारी भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्