Logo
१२ श्रावण २०८१, शनिबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै मेयरविरुद्ध दुईदिनदेखि उपमेयर झा अनशनमा

काठमाडौं : आफ्नै मेयरविरुद्ध जनकपुरमा एक उपमेयर अनशनमा बसेकी छन् । आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ ।

दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबारदेखि जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी समेत भएको छ ।

बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन्। नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्