Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादव र स्वराजबीच भेटवार्ता : नेपालको विकासमा भारतबाट निरन्तर सहयोग रहने

काठमाडौँ : भारत भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सोमवार भएको भेटवार्तामा दुई देशबीच पारस्परिक फाइदाका लागि अर्थपूर्ण आर्थिक सहकार्यमा जोड दिनुभएको छ ।

नयाँ दिल्लीमा भएको भेटवार्तामा भारतीय विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गरिने विश्वास दिलाउनुभयो । त्यसअघि मन्त्री यादवसँग भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुबीच द्विपक्षीय व्यापार, पारवाहन तथा लगानीका विषयमा विचारविमर्श भएको थियो ।

उहाँहरुबीच नियमसंगत रुपमा बहुराष्ट्रिय व्यापार प्रणालीको सबलीकरणलगायत विषयमा धारणा आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको वाणिज्य मन्त्रालयको निमन्त्रणामा मन्त्री यादव विश्व व्यापार संगठनको अनौपचारिक बैठकमा आजै भारतको नयाँ दिल्ली जानुभएको हो ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्