Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालू आर्थिक वर्ष दार्चुलामा तीन टेलिफोन टावरमा विद्युतीकरण हुदै

दार्चुला : चालू आर्थिक वर्षमा यस जिल्लाका तीन वटा टेलिफोन टावरमा विद्युतीकरण हुने भएको छ ।हाल सौर्य प्रणालीबाट सञ्चालनमा रहेका तीन वटा टेलिफोन टावरमा विद्युतीकरण गर्न रु १८ लाख ९७ हजार नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रलाई निकासा पठाइसकेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिकाको बालशिखरमा रहेको रिपिटर टावर, मार्मा गाउँपालिकाको च्युरानी तथा टेलिकम परिसरभित्र रहेका टावर सञ्चालनका लागि विद्युतीकरण गरिन लागिएको हो । यस्तै मार्मा गाउँपालिकाको च्युरानीमा रहेको टावर सञ्चालनमा विद्युतीकरण गर्न रु चार लाख १६ हजार २७८ नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रलाई भुक्तानी गरिसकेको टेलिकम प्रमुख गुरुङले जानकारी दिए ।

जिल्लाका अधिकांश टेलिफोन टावरहरु सौर्य प्रणालीबाट सञ्चालन हुने भएका कारण बेलाबेलामा ऊर्जा आपूर्ति नभएर फोन सेवा अवरुद्ध हुने गरेको टेलिकम दार्चुलाले जनाएको छ । हाल जिल्लाभरि ११ वटा टेलिफोन टावर सञ्चालनमा छन् भने आठ वटा टावर विभिन्न कारणले सञ्चालनमा आउन सकेका छैनन् ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्