Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोकिएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं : तोकिएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालयको जिम्मेबारी सम्हाले लगत्तै तोकिएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेका हुन् ।

मुलुकभर स्थानीय तह, प्रदेशहरुमा कर्मचारीको चरम अभाव छ । विभिन्न बाहना बनाउँदै सरकारले घटाएको मध्ये आधा भन्दा बढि कर्मचारी कार्यक्षेत्रमा जान मानिरहेका छैनन् । जसले गर्दा प्रशासनिक कार्य अघि बढाउन हम्मेहम्मे परिरहेको छ ।

मन्त्रालयका अनुशार तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरू भइसकेको छ ।

कार्यक्षेत्रमा नजाने कर्मचारीहरूको रेकर्ड संकलन गर्न मातहतका निकायलाई पण्डितले निर्देशन दिइएको र सो पश्यात उनीहरुको जिम्मेबारी खोस्ने तयारी भएको मन्त्रालय स्रोत बताउछ । स्रोतले भन्यो,‘आफ्नो कार्य क्षेत्रमा नजाने निजामती कर्मचारीहरूले लिँदै आएको सुविधा पनि खोस्ने योजना छ ।’

मन्त्री पण्डितले यसअघिनै कर्मचारीहरुलाई निजामती कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न निर्देशन दिइसकेका छन् । सोही अनुरुप काम नगर्ने कर्मचारी प्रति पण्डितले आक्रामक योजना मार्फत बर्खास्तीको तयारी थालेका हुन ।
पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निषेध गर्ने समेत रणनीति बनाएका छन् ।

मन्त्री पण्डितले निजामती कर्मचारीलाई लामो बिदामा बस्ने छुट नरहेको भन्दै त्यसप्रति कडा नीति बनाउन अधिकारीहरुलाई निर्देशन दिएका छन् । सोही अनुरुप मन्त्रालय योजना बनाउन लागिपरेको जनाइएको छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्