Logo
५ जेष्ठ २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इमो, भाईबर र म्यासेन्जरबाट ठगी गर्ने ९ जना पक्राउ

पोखरा : सामाजिक संञ्जाल (इमो, भाईबर र फेसबुक म्यासेन्जर) बाट उपहार पर्यो भन्दै पैसा ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जालबाट ठगीको आरोपका ३ मुद्दामा उनीहरुलाई पक्राउ गरेको हो ।

इमो तथा भाईबर कलबाट २५ लाख रुपैयाँको चिट्ठा पर्यो तथा तपाईको छोराछोरी तथा तपाईको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै झन्डै १ करोड ३० लाख भन्दा बढी ठगी गर्ने व्यक्तिहरुलाई दुई लाख एक हजार रुपैयाँ नगदसहित प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पक्राउ गरेको हो।

कास्की, पाल्पा र धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पाल्पाको निस्दी गाउँपालिका ७ का याम रानामगर, धादिङको नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, टेक बहादुर तामाङ, जेनिस तामाङ, गणेश गुरुङ र मनोज तामाङ रहेका छन् ।

यस्तै महोत्तरीको जलेश्वर नगपालिकाका संगिता मिश्र, कामनी तिवारी, र योगेन्द्र तिवारी पनि रहेका छन्। प्रहरीले पक्राउ गरेका मध्ये पाल्पाका याम रानामगरले सामाजिक सञ्जालबाट उपहार पाएको र कर तिर्नुपर्ने भन्दै रकम माग गरेका थिए । उनको बैंक अफ काठमाडौंको खातामा पैसा जम्मा भईसकेपछि उनी सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ परेका अन्य व्यक्तिहरुले समेत सामाजिक सञ्जालबाट नै कास्की तथा अन्य जिल्लाका बिभिन्न ८८ जना ब्यक्तिहरुलाई सामाजिक सञ्जालबाट तपाईलाई २५ लाखको चिठ्ठा परेको छ भनि सो रकम लिनका लागी तपाईको कर तिर्नको लागि भन्सारमा राजश्व लाग्ने भयो भन्दै बिभिन्न बहाना बनाई ठगी गरेका थिए ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्