Logo
७ जेष्ठ २०८१, सोमबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीशहरुको आचरण कायम राख्न सम्पत्ति सार्वजनिक गर्नुपर्ने

काठमाडौँ : कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको आचरण कायम राख्नका लागि उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका छन् । सोमबार पत्रकार भेटघाट कार्यक्रममा कानुनमन्त्रीका रुपमा आफूले गर्ने १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउने भनेका हुन् ।

उनले पत्रकारभेटघाटमा सार्वजनिक गरेको १६ बुँदे कार्यक्रमको १२ नम्बर बुँदामा न्यायाधीशको आचरण कायम गर्न सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने कुरा उल्लेख छ । तामाङ्ले वडा अध्यक्ष, सरकारका मुख्य सचिव देखि न्यायाधीश सम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका हुन् । ‘वडा अध्यक्ष देखि मुख्य सचिव र न्यायाधीशसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने वा परिमार्जन गर्ने पहल गर्छु,’ उनले भने ।

अहिलेसम्म न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन छैन। तर न्यायाधीशमा नियुक्त भएको ६० दिनभित्र सम्पत्तिविवरण बुझाउनु पर्ने कानुन भने छ । उक्त कार्यक्रममा कानुनमन्त्री तामाङले आफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका छन्। उनले आफुसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौँको पुरानोवानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको उल्लेख गरे ।

कानुनमन्त्री न्यायपरिषद्को पदेन सदस्य हुन्छन् । न्यायाधीशले आचारसंहिता पालना गरेनगरेको हेर्ने निकाय नै परिषद हो । मुलुकमा दलिय व्यवस्था भएका कारणले न्यायाधीशहरुपनि कुनै न कुनै दलसँग सम्बन्धीत हुने धारणा पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्