Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएस बंगला विमान दुर्घटनामा परेका २३ शव ढाका लगिँदै

काठमाडौं : गत सोमबार त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा परि मृत्यु भएका २६ मध्ये २३ जना बंगलादेशी यात्रुको शव ढाका लगिँदै छ । पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको बताइएको छ ।

ज्यान गुमाएकामध्ये २३ जना बंगलादेशी यात्रुको शव विशेष उडानबाट लाने तयारी भएको नेपालस्थित बंगलादेश दूतावासले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने मृत्यु भएका २६ मध्ये तीनजना बंगलादेशी यात्रुको शवको डिएनए टेस्ट हुन बाँकी रहेको बताएका छन् ।

शव लिन बंगलादेशको सेनाको विशेष विमान काठमाडौं आउने बंगलादेशको न्यूज एजेन्सी बंगलदेश संवाद संस्थाले जनाएको छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्