Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगी गरेको अभियोगमा नौ जनाको प्रहरीद्धारा पक्राउ

पोखरा : सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो । रु २५ लाख चिट्ठा प¥यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई रु दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेको उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सो अवसरमा प्रहरी उपरीक्षक सिंहले बताए ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्