Logo
७ जेष्ठ २०८१, सोमबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानले सौता ल्याएपछि जेठीले घरमै आगो लगाइन्, छोरा र छोरीको ज्यान गयो

रामेछाप : श्रीमानले कान्छी ल्याएको रीसमा घरमा आगो लगाउँदा छोराछोरीको मृत्यु भएको छ । घटना हो रामेछापको । खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सौता सौताबीचको झगडाले उग्र रुप लिएपछि धनजन र मानवीय क्षति हुन पुगेको हो । कान्छी श्रीमती ल्याएपछि श्रीमानले हेलाँ गरेको भन्दै विवाद र झगडाले उग्र रुप लिइरहेका बेला आइतबारको झगडाले ठूलो क्षति पुगेको छ । प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिलबहादुर केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्