Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्विरोध निर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनको शपथ आज

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनको शपथ आज चार बजे हुने भएको छ ।

हालै मात्र दोस्रो कार्यकालका रुपमा निर्विरोध निर्वाचित भएका पुनको आज पद तथा गोपनियताको शपथ हुने भएको हो ।
उपराष्ट्रपतिका लागि पुनको मात्रै उम्मेदवारी परेकोले निर्वाचन आयोगले दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएको घोषणा गर्दै उनलाई प्रमाण–पत्र प्रदान गरिसकेको छ ।

पुनले आज अपरान्ह् चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिने छन् ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्