Logo
५ जेष्ठ २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलोमा हत्या गरेर फालिएको अवस्थामा आठ वर्षीय बालकको शव फेला 

धनुषा : धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव शनिवार विहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

शनिबार साँझदेखि एकाएक घरबाट वेपत्ता भएका बालक रमणको शव आज विहान स्थानीयबासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृत बालकको शरिरमा घाउँ चोट र डाम देखिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो ।

बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्