Logo
७ जेष्ठ २०८१, सोमबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिप्ले खोलाको दमार डाँडामा ‘राज्यकली’ को निधन

पर्सा : आइतबार विहान ६० बर्षिया ‘राज्यकली’ को निधन भएको छ । बाराको आधाभारस्थित हात्तीसारमा रहेको ‘राज्यकली’ नाम गरेकी पोथी हात्तीको निधन भएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शिवनारायण साहका अनुसार आधाभारस्थित हात्तीसारमा दरवन्दी रहेको ‘राज्यकली’ नामको पोथी हात्तीको निकुञ्ज नजिकै चिप्ले खोलाको दमार डाँडामा मृत्यु भएको हो ।

शनिबार विहान नियमित चरणमा गएका बेला अचानक बेहोस भएकी राज्यकलीको आइतबार विहान साढे ९ बजे मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत साहले बताए । ‘केहि समय अघिदेखि राज्यकली विरामी अवस्थामा थिइन् ।’ उनले भने, ‘बुढो भएको कारण राज्यकलीको कालगतीले नै मृत्यु भएको हो ।’

शनिबार राज्यकली बेहोस भएपछि उनको उपचारका लागि चितवनबाट पशु स्वास्थ्य प्राविधिक पुरुषोतम पाण्डे र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु स्वास्थ्य प्राविधिक किरणराज रिजालको नेतृत्वमा पशु चिकित्सकको टोली बारा आएको थियो ।

राज्यकलीको फोक्सोमा सामान्य समस्या देखिएको भएपनि मृत्युको कारण भने पोष्टमार्टम रिपोर्टपछि मात्र प्राप्त हुने उपचारमा संलग्न पशु स्वास्थ्य प्राविधिक पाण्डेले बताए । उनले भने, ‘फोक्सोमा सामान्य समस्या देखिएको छ, उमेर पनि धेरै भइसकेको थियो’ । मृतक राज्यकलीको पोष्टमार्टमपछि आइतबार निकुञ्जस्थित चिप्ले खोलाको दमार डाँडामा अन्तिम दाहसंस्कार गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत साहले बताए ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्