Logo
१ श्रावण २०८१, मंगलबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कावासोतीमा मोटरसाइकल दुुर्घटना, चालकको मृत्यु

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट आएको लु३४प ७०८६ नंको मोटरसाइकल एकआपसमा ठोक्ँिकदा सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन् ।

यसैबीच कावासोतीको कालीगण्डकी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको पूर्व ग४प ६५२१ नंको बाइक र विपरीत दिशाबाट आइरहेको लु३५प ६४२८ नंको पल्सर बाइक एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्