Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी खाता नौ अर्ब घाटामा, अर्थमन्त्रीको व्यस्तताले स्वेतपत्र आएन

काठमाडौं : सरकारले पूँजीगत खर्च बृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरेपछि सरकारको घोषणा कागजमा मात्रै सिमित हुने देखिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सरकारले पूँजीगत खर्च वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरेको केही दिन नबित्दै सरकारी खाता ऋणात्मक तर्फ उन्मुख भएको हो । सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्र रहेको रकम सकिएपछि ऋणात्मक तर्फ उन्मुख भएको छ ।
बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको महालेखा नियन्त्रक कार्यालय बताउछ । बजेटले सोचेजति वैदेशिक सहायतारअनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको महालेखाका एक उच्च अधिकारीले बताए ।

शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो । सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋणलाई आम्दानीका रूपमा परिभाषित गरिएको छ ।

अर्थमन्त्रालयले यस्ता यस्ता समस्या हल गर्नका निम्ति दीर्घकालिन र अल्पकालिन रणनीति बनाउनका निम्ती स्वेतपत्र ल्याउने बताएपनि हालसम्म ल्याउन सकेको छैन् । मन्त्रालयको बजेट तथा महाशाखाका एक उच्च अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडाकै कारणले स्वेतपत्र ल्याउन ढिलाइ भैरहेको नागरिकलाई बताए । उनले भने,‘अर्थमन्त्रीको व्यस्तताले स्वेतपत्र ल्याउन ढिलाइ भएको हो, हामी ल्याउछौ ।’ चालू आर्थिक वर्षको पछिल्लो समीक्षा अवधीमा बजेट ३५ अरव ४७ करोड घाटामा रहेको उल्लेख छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्