Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम तत्काल सरकारमा नजाने, संशोधनको प्रकृया थाल्न आग्रह

काठमाडौँ : संघीय समाजवादी फोरम, नेपाल तत्काल केपी ओली सरकारमा सहभागी नहुने भएको छ । कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संविधान संशोधनलगायतका विषयमा सत्तारुढ एमाले र माओवादी केन्द्रसँग लिखित सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनको प्रकृया थाल्न आग्रह गर्दै लिखित सहमतीको माग समेत गरेको छ । बैठकले सत्तारुढ दलसँगको सहमतिपछि मात्रै मन्त्री छनोट गर्ने पनि निर्णय गरेको जारी प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्