Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पका बेला कारागारबाट भागेका कैदी लामा पक्राउ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूकम्पमा भागी फरार रहेका कैदीलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विसं २०७२ वैशाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार सिन्धुपाल्चोक भोताङका मान लामालाई आज मूलपानीबाट पक्राउ गरेको हो ।

लामा कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि कैद भुक्तान गरिरहेका थिए । विसं ०७२ वैैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदीबन्दी भागेका थिए । (रासस)

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्