Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यान्वयनमा अघि बढिसके, संविधान विश्वकै उत्कृष्ट छ : पूर्व प्रम खनाल

इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताउनुभएको छ । नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उहाँले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताउनुभएको हो ।

“दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो”, उहाँले भन्नुभयो, “देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।” स्थायी सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उहाँको भनाइ थियो । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उहाँले तालमेलबिना विकास हुन नसक्ने धारणा राख्नुभयो ।

कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै उहाँले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिनुभयो । राम्रो काम गर्ने स्थानीय तहको र प्रदेशको अनुशरण गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । फरक प्रशंगमा उहाँले इलाममा बीसवर्षे गाडी सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । भौगोलिक विकटताका कारण इलाममा २० वर्षे पुराना भए पनि यिनै गाडी उपयुक्त रहेको उहाँको भनाइ थियो । (रासस)

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्