Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षाको तयारी पूरा : यसपटक नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्र हुने

काठमाडौँ : १० वर्षपछि नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रको आधारमा परीक्षा हुन लागिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ ।  चैत्र ८ गतेदेखि हुने एसईई परीक्षामा नियमितका ८ हजार ७ सय ३४ र एम्जाम्टेड तर्फका २० जना प्राविधिक धारका विद्यार्थीले पनि माध्यमिक शिक्षा कक्षा १० को परीक्षा दिने तयारी गरिरहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन् । एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने एसईईमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।  चैत्र ८ गते बिहान ८ बजेबाट हुने परीक्षाको सबै तयारी पूरा भइसकेको उनले बताए ।

बोर्डको कार्यालय सानोठिमी भक्तपुरमा पत्रकार सम्मेलन गरेर आइतबार परीक्षाबारे जानकारी दिइएको हो । जिल्ला परीक्षा समन्वय समितिहरुको निर्णयअनुसार देशभर एक हजार ९ सय ५६ केन्द्राध्यक्ष, दुई हजार चार सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार तीन सय ४० सहायक निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार तीन सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति परिचालन गर्ने तयारी भएको छ ।

हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने नयाँ व्यवस्था गरिएको छ । अक्षराङ्क पद्धतिमा ‘सी’ ग्रेड र भन्दा तल्लो ग्रेड प्राप्त गरी ग्रेडवृद्धि गर्न नसकेका विद्यार्थीले एक्जाम्टेड परीक्षा दिन लागेका हुन् । साधारण धारतर्फ १७ गते र प्राविधिक धारतर्फको परीक्षा चैत्र २० गते सम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन सबै प्रदेश समेटिने गरी बोर्डका पदाधिकारी, शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला समन्वय समितिका पदाधिकारी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको नेतृत्वमा अनुगमन टोली बनाइएको रेग्मीले बताए ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्