Logo
१४ जेष्ठ २०८१, सोमबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डले डण्डा बर्साएर प्रधानन्यायाधीसलाई पदमुक्त गराए : मिनेन्द्र रिजाल

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाएका छन् । नेता रिजालले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डण्डा बर्साएर प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको भन्दै आक्रोश गरे ।

उनले २ तिहाई बढि मतको बलमा सरकारले बल मिचाई गर्न नपाउने पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले सत्तारुढ दलहरुले सत्तामा बसेर अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको भन्दै अव त्यसो हुन नदिइने चेतावनी समेत दिए ।

काँग्रेस नेता रिजालले सत्ताको आडमा थिचोमिचोको राजनीति गर्ने अधिकार लोकतन्त्रमा कसैलाई पनि नहुने तर्क समेत गरे ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्