Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खनाल, खरेल, कार्की वा बस्नेत मध्ये कोही एक नयाँ आइजीपी बन्दै

काठमाडौं : नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि लिगलिगे दौड सुरु भएको छ । ट्रयाक रेकर्डमा चार जना डिआइजी आइजीपीका लागि प्रमुख दावेदार देखिएका छन । गृह स्रोतका अनुसार ट्रयाक रेकर्डको आधारमा डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्न्यातमध्येबाट आइजीपी बन्ने अवस्था देखिएको छ ।

अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिएपछि भावी आइजीपीका लागि १५ डिआइजीमध्ये चार जना सवैभन्दा योग्यको सूचीमा परेका हुन । गृहस्रोतका अनुसार कामको मुल्यांकन गर्दा चार जना नै उत्कृष्ट देखिएकोले यिनै चारमध्येबाट एक जना आइजीपी र बाँकी एआइजीपी हुनेछन ।

आइजीपी प्रकाश अर्याले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ । आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति छ ।

यो अवस्थामा अबको आइजीपी को बन्ने भन्ने आन्तरिक रुपमा होडबाजी व्यापक बनेको छ । अहिले सबै प्रहरी अधिकृतहरु बधाई दिने बहानामा नयाँ मन्त्री र नेताको घरहरुमा धाउने संख्या अत्याधिक छ । प्रहरी अधिकृतहरु नेता र मन्त्री भेटन जाँदै गर्दा गृह मन्त्रालयले सेवा प्रवेशदेखि अहिलेसम्मको ट्यारक रेकर्ड हेर्न थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पीरिडमा काम गर्न सक्ने क्षमता भएकै कारण उनीहरुमध्ये एक आइजीपी बनाइने स्रोतको भनाई छ । चारै डिआइजीको बिषयमा सत्तारुढ दलका नेताहरु देखिएका छन् । कतिपयले विगतमा अहिलेका डीआइजीहरुले गरेका कामको समीक्षा गर्दै जिम्मेवारी दिनुपर्ने तर्क समेत गर्न थालेका छन् ।

इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआइजीमा रहँदा गरेको कामलाई हेर्दा खनाल, खरेल, कार्की र बस्नेतमध्य एक आइजीपी बन्ने लगभग निश्चित छ, यही अनुसार सवैको प्रहरी इतिहास केलाउने काम भइरहेको छ, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

प्रहरीमा भर्ती हुनुअघि राजनीतिक पृष्ठभूमि, पारिवारिक उठबस र प्रहरी प्रशासनमा देखाएको कामलाई पनि आधार बनाउनुपर्ने कतिपय नेताहरुले नै सुझाव दिएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल पनि काबिल र सक्षम आइजीपी बनाउनुपर्नेमा रहेको उनी निकट स्रोतको भनाइ छ ।

इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआइजीमा रहँदा गरेको कामलाई हेर्दा खनाल, खरेल, कार्की र बस्नेतमध्य एक आइजीपी बन्ने लगभग निश्चित छ, यहीअनुसार सवैको प्रहरी इतिहास केलाउने काम भइरहेको छ, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

डनहरुलाई इन्काउन्टर गरेर चर्चामा आएका खनाल र कार्की, हक्की स्वभावका खरेल होस वा विगतमा उत्कृष्ट काम गर्दा पनि ओलीको मान्छे भनेर सधै कमजोर मूल्यांकनमा पारिएका बस्नेत मध्येमा एकजनालाई अबका केही दिनमै एकजनालाई एआईजी बढुवा गर्ने र आइजीपीको जिम्मेवारी दिने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ ।

राजनीतिक साँठगाँठ र प्रभावमा मूल्यांकनमा आफूलाई स्थापित गरेका वर्तमान डीआइजीहरुको चलखेलले पनि नेताहरु आजित भइसकेको बताउने गरेका छन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्