Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी : श्रममन्त्री विष्ट

काठमाडौं : श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएकाले आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताए ।

सक्रिय म्यानपावरमध्ये आधाभन्दा बढी एमाले नेताले नै चलाएका छन्, तपाईंले यो अवस्थामा कसरी सुधारको काम गर्नुहोला भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री विष्टले बेठीक गर्ने जो भए पनि नछोड्ने बताए । ‘तपाईंहरु यति कुरा महसुस गर्नुस्, इमानका साथ काम गर्नेलाई म प्रोमोट नै गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्ने होस्,’ विष्टले भने,’तर, बेठीक गर्नेलाई छुट दिने छैन ।
विष्टले देशभित्र रोजगार सिर्जना गर्ने गरी सरकारले काम गर्ने भन्दै सुरुवातमा समस्यामा परेको वैदेशिक रोजगार क्षेत्रबाट सुधारको प्रयास थालिएको बताए ।

प्रस्तावित ऐन कति पूर्ण छ मलाई थाहा छैन, विज्ञ र अनुभवी र सरोकारवालासँग बसेर व्यवहारिक बनाउन छलफल गर्छौं,’ विष्ट भन्छन्, ‘दशौं, बिसौं पटक छलफल हुन्छ । ऐन जनता र राष्ट्रकै सम्मान माथि उठ्ने गरी बनाउने हो । कुनै अदृश्य शक्तिको इन्ट्रेस्टमा बन्दैन ।’ अहिले म्यानपावर ब्यवसायीहरु ऐन आफू अनुकुल बनाउन लबिङमा छन् । लामो समयदेखि ड्राफ्ट भएर पनि ऐन संसदमा पेश भएको छैन । अब मन्त्री विष्टले भने ऐनलाई अघि बढाउन गृहकार्य सुरु गर्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्