Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली विरुद्ध यसरी खनिए फोरम अध्यक्ष उपेन्द्र यादव

काठमाडौं : संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् । अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको पछिल्लो व्यवहार र चरित्र संघीयता अनुकूल नरहेको दावी समेत गरे ।

आईतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘कैलालीमा बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको’ भन्नु संघीय प्रणाली उलंघनको दृष्टान्त भएको चर्चा गरे ।

सम्बन्धित प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्न प्रधानमन्त्रीले नमिल्ने उनको भनाई छ । अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौंधरीलाई पक्राउ गर्ने अधिकार केन्द्र सरकारलाई नरहेको पनि तर्क गरे । प्रधानमन्त्री ओलीले कैलाली घटनाका दोषीमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिइएको संसदमा जानकारी गराएका थिए ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको सो निर्देशन संघीयता अनुकूल नरहेको दावी गरे । अध्यक्ष यादवले प्रदेशलाई स्रोत, साधनले सम्पन्न नबनाए मुलुकमा फेरि नाकाबन्दी हुने चेतावनी पनि दिए । उनले शान्तिका लागि सबै प्रदेशमा आवश्यक स्रोत र साधनको व्यवस्था गर्न केन्द्र सरकारले ढिलाई गर्न नहुने पनि उल्लेख गरे ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्