Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वगृहमन्त्री खड्का सवार गाडी दुर्घटना, छाती र खुट्टामा समस्या

सुर्खेत : नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटनामा परेको छ । वीरेन्द्रनगरस्थित घरबाट छिञ्चु जाने क्रममा रत्न राजमार्गअन्तर्गत सुर्खेतको सत्तरीमा आइतबार खड्का सवार बा १५ च ८३५२ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोड्ने क्रममा अचानक पांग्रा लस्किएपछि गाडी दुर्घटनामा परेको हो । खड्काको छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक (सई) सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ । उनीहरु दुवैको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्