Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई संकेत गर्दै हतियारको राजनीति गरिरहन आवश्यक छैन : नेता नेम्वाङ

काठमाडौं : सत्तारुढ नेकपा एमालेका नेता एवम् पूर्व सभामुख नेता सुवासचन्द्र नेम्वाङले सरकार संविधान कार्यान्वयनमा केन्द्रीत रहेको बताएका छन्।

सुवासचन्द्र नेम्वाङले सरकार जनता र नागरिक समाजको सुझबुझ अनुसार अघि बढ्न प्रतिबद्धता रहेकोले आइतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’ कार्यक्रममा बोल्दै उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति संकेत गर्दै संविधानले सबैलाई अधिकार प्रत्याभूत गरेकाले हतियारको राजनीति गरिरहन पर्ने अवस्था नरहेको पनि जनाएको छ ।

नेता नेम्वाङले संविधानमा आमूल परिवर्तन गर्न सक्ने वैधानिक व्यवस्था भएको उल्लेख गर्दै त्यसै अनुसार अघि बढ्न सबै दलहरू लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले जनताको विश्वास जितेर संविधानमा आवश्यक संशोधन गर्न सकिने प्रावधान राखिएको पनि स्मरण गराए।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्