Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

काठमाडौं : रष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन् ।
आइतबार भएको निर्वाचनमा दाहाल ४५ मतसहित निर्वाचित भएकी हुन् । दाहालकी प्रतिश्पर्धी उम्मेदवार बृन्दा रानाको पक्षमा ११ मत परेको थियो ।

निर्वाचन मत विभाजनका आधारमा भएको थियो । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादीकी दाहाल र काँग्रेसकी बृन्दादेवी आले (राना)को उम्मेद्वारी परेको थियो ।  राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उपाध्यक्ष पदको निर्वाचन भएको हो ।

निर्वाचनमा अध्यक्षबाहेक ५६ जनाले मतदानमा भाग लिएका थिए । उपाध्यक्षमा निर्वाचित दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् । यसअघि फागुन ३० मा राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भएका थिए ।

बैठकमा भाग लिदै काँग्रेस सांसदहरुले निषेधको राजनीति भइरहेको भन्दै निषेध र गणितीय राजनीतिले सम्बृद्धि र सुशासन सम्भव नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्