Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ लाख पुरस्कार परेको भन्दै ठगी गरेको आरोपमा पक्राउ

सप्तरी : राजविराजमा रु २५ लाख पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा सप्तरी, राजविराज नगरपालिका– १२ बस्ने १९ वर्षीय महेश मण्डललाई प्रहरीले आईताबार पक्राउ गरेको छ । पाँचथर, फिदिम बजारकी अनुशा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

मण्डलले अज्ञात नंबाट अधिकारीलाई फोन गरी तपाईंले रु २५ लाख पुरस्कार जितेको छ, त्यसका लागि करवापतको रु ३० हजार बुझाउनुपर्छ, नभए पैसा फ्रिज हुन्छ भन्ने जानकारी गराएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको र बुझाएको पैसा समेत फिर्ता नभएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् ।

अभियुक्त मण्डलका साथबाट रु ७० हजार र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्