Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारी ठोक्किएर दुर्घटना हुदाँ महाधिवेशनमा आएका आठ जना घाइते

चितवन : मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आईताबार बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए ।

प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट आउँदै गरेको ग १ ख ५९२५ नं को ट्रक स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये सात जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कार र स्कारपियोमा आउँदै गरेका यात्रु निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशनमा सहभागी हुनआएका प्रतिनिधि हुन् । ट्रकका चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्