Logo
२४ बैशाख २०८१, सोमबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाममा लामखुट्टे नियन्त्रण ठुलो चुनौती

सरसफाईमा चेतनशिल बन्ने क्रममा रहेको जनकपुरधामवासीहरु यस पटक लामखुट्टे नियन्त्रणको लागि आन्दोलित बनेका छन । समाजिक संजालका भित्ताहरु जनकपुरधाम उपमहानगरपालिका र मेयर लालकिशोर साहको खेदो खन्दै भरिएका छन । लामखुट्टेको प्रकोपले दिउँसै झुल टाँगेर सुत्न बाध्य हुने जनकपुरवासीहरु लामखुट्टेले आजीत हुनु र सोको आक्रोश सार्वजानिक निकायमाथि पोख्नु स्वभाविक हो ।

चौक चौराहामै मच्छरझुल राखेर सांकेतिक विरोध प्रदर्शन गरेका जनकपुरका युवाहरुले लामखुट्टे नियन्त्रणको निम्ति तत्काल पहल नगरिए कडा आन्दोलनमा जाने र जनकपुरधामका फोहरहरु मेयर उपमेयर र वडा अध्यक्षहरुको घरमा फाल्ने चेतावनी समेत दिएका छन । हरेक नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने फोहर मैला व्यवस्थापनमा उपमहानगरपालिकाको लापरवाही बर्दास्त गर्न नसकिने चेतावनी परिवर्तनका लागि युवा अभियानका जनकपुर संयोजक शुशिल कर्णले दिएका छन । ‘जनकपुरधाम अत्यन्त फोहर छ फोहर मैला व्यवस्थापन नगरिए हामी चुप लागेर बस्न सक्दैनौ , चौक चौकमा फोहरको थुप्रो कयौं दिन सम्म सडिराख्दा पनि उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसक्नु लज्जासपद हो ,बदनाम भईसक्यो जनकवपुरधाम अब कदापि बर्दास्त गरिन्न मेयर उपमेयरको घर अगाडि फाल्छौं हामी फोहर ’— कर्णले आक्रोश पोखे ।

समग्र जनकपुरियाकै समस्या भएको कारणले युवा कर्णको आवाजलाई हजारौ आवाजको प्रतिनिधीमुलक आवाजको रुपमा लिनु कुनै अतिसयोक्ति नहोला ? भन्नुको तात्पर्य जनकपुर तातिंदैछ ,जनता जागरुक हुँदैछन ,आफैले तिरेको करबाट चल्ने सार्वजनिक निकायहरुलाई घचघच्याउने काममा जनकपुरियाहरुले एक कदम अग्रसरता लिएको देखिन्छ । स्थानीय निकायका प्रतिनिधीहरुले यसलाई गंभिरतापुर्वक लिने हुन कि भन्ने आशावान्वित हुनु बाहेक विकल्प पनि त छैन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का अध्यक्ष युवा नेता सुर्दशन सिंहले लामखुट्टेको प्रकोप जनकपुरधामको निम्ति सबभन्दा ठुलो चुनौतीको रुपमा रहेको स्विकार गर्दै नियन्त्रण गर्ने उपायमा नगरपालिका लागिपरेको दावी गरे । केही दिन पुर्व भएको बैठकमा सरसफाई र नियन्त्रण सम्बन्धि प्रस्ताव सर्वसम्मतिले पारित भएको बताउँदै लामखुट्टे नियन्त्रणलाई गंभिरतापुर्वक लिएको जिकिर गरेका छन ।

लार्भा नियन्त्रणको लागि डढेको मोबिल तथा मालाथीन लगायतका औषधि गल्ली गल्लीको नालामा फाल्ने कार्य भईरहेकोले विस्तारै लामखुट्टेको प्रकोप घटनेमा आफुहरु विश्वस्थ रहेको बताए । लामखुट्टे आतंकले त्रसित दुखित पीडित बनेका जनकपुरिया आन्दोलनकारीहरुको मांग जायज हो तर पोखरी नै पोखरीले भरिएको जनकपुरधाममा लामखुट्टे नियन्त्रण गर्नु ‘दाईल भातको ‘कर’ होईन कि गपागप खाईदिने । लामखुट्टेको नियन्त्रण जनकपुरधाम उपमहानगरपालिकाको निम्ति सब भन्दा ठुलो चुनौती रहेकोमा कुनै दुई मत छैन । जनचेतनाको अभाव घरको फोहर नालामै फाल्ने जनकपुरियाको बानीहरुको कारणले दैनिक लाखौंको संख्यामा जन्मिने लामखुट्टे नियन्त्रण गर्नु कदापि सहज हुन सक्दैन । तथापि यसको नियन्त्रण नै गर्न सकिंदैन भन्ने पनि होइन । नियन्त्रण अवश्य गर्न सकिन्छ , खास गरि भन्ने हो भने न्युनिकरण गर्दै जानु पर्छ । जसको निम्ति जनकपुरियाले स्थानीय निकाय र स्थानीय निकायले राष्ट्रिय सरकारमाथि दोषारोपण गरेर मात्र हुुँदैन अब निदान दिने बेला आईसकेको छ । लामखुट्टे यस्तो जीव हो जसलाई नियन्त्रण गर्न जुन प्रकारको औषधि छर्किन्छ र सो औषधि खाएर पनि बाँचेका लामखुट्टेको लार्भाहरुलाई सोही औषधिले मार्न नसकिने विज्ञहरुको कथन छ । तसर्थ लामखुट्टे नियन्त्रण गर्न त्यति सहज र सजिलो छैन तथापि समस्या छ भने समाधान पनि पक्कै निस्किन्छ । अहिले जनकपुरधाम उपमहानगरपालिकाले तत्काल लामखुट्टे नियन्त्रणको निम्ति नालाहरुको सफाईलाई तिब्रता दिनु पर्ने हुन्छ , ठाउँ ठाउँमा रहेका नालाको जामहरु खुलाउन सक्नु पर्छ जसले गर्दा स्थिर पानीमा जन्मिने लामखुट्टेको लार्भा बन्नेमा कमि आई लामखुट्टेको प्रकोप न्युनिकरण हुनेछ । जनस्वास्थ्य कार्यालय संग समन्वय गरेर गल्ली गल्लीमा केही महिना सम्म प्रत्येक महिना सो औषधि छर्किनु पर्ने आवश्यकता छ जसले तत्कालको लागि भए पनि जनकपुरियाहरुले लामखुटठ्टेको प्रकोपबाट राहत पाउन पाउनेछन ।

लामखुट्टेले बाँच्नै दिएन भन्दै रोई कराई गरेर सबै दोष उपमहानगरपालिकामाथि नै थोपोरेर आफु चोखो रहेको बताउने जनकपरिया नागरिकहरु सुध्रिनु अत्यन्त आवश्यक छ । आ आफनो घर अगाडिको नालालाई डम्पिंग साईट होइन फोहर पानी बग्ने फोहर नदीको रुपमा लिनु पर्ने हुन्छ । सरसफाई सम्बन्धि जनचेतनाको निम्ति टोल टोलमा सुधार समितिको गठन गरेरै भए पनि अभियानको रुपमा अगाडि बढाउनु पर्छ । सरसफाईलाई फैसन होइन सके सम्म फोहर नै नगर्ने बानी बनाउनको लागि जनचेतनामुलक कार्यक्रमहरु गर्नु पर्ने आवश्यकता देखिन्छ ।

आसपासको पोखरी तलाउलाई आफनै घरदैलो झैं सफा सुग्घर बनाउन सक्नु पर्छ । जसले तत्कालीन मात्र होइन दीर्घकालीन रुपमा समेत लामखुट्टे नियन्त्रणको कार्यमा आकाशेपुलको काम गर्नेछ । उपमहानगरपाकिाले सामाजिक विकास कार्यक्रम अन्र्तगत सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रममालाई प्राथमिकतामा राखेर सरसफाईमा नमूना जनकपुरको परिकल्पना पुरा गर्न दीर्घकालीन योजनाहरु पनि अघि सार्नु पर्ने देखिन्छ ।

यता लामखुट्टेको प्रमुख उत्पादनकेन्द्र जनकपुरका पोखरी तलाउको पानीलाई सफा सुग्घर एवं चलायमान नबनाए सम्म दीर्घकालीन रुपमा यसको समाधान हुन सक्दैन । ढल तथा नालाहरुको निकासमा देखिएका बाधा अबरोधहरु तत्काल हटाई नालाहरुको पानी सुचारु नगरे सम्म जनकनपुरधाममा लामखुट्टे नियन्त्रणको परिकल्पना समेत गर्नु अनुचित हुनेछ । तसर्थ जनताले विरोध मात्र होइन दवावमुलक अभियान सहित आफनो गाउँ आफै बनाउ भन्ने मुलनाराका साथ स्थानीय निकायको कदममा कदम मिलाई अगाडि बढनु आजको घनिभूत आवश्यकता रहेको मेरो ठहर छ ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्