Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेशआउँदै

काठमाडौं : जिम्बाम्बे गएर सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार साँझ ६ बजे स्वदेश काठमाडौं आइपुग्ने नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन् ।

शनिबार नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपाल आठौं स्थानमा रहँदै जिम्बाम्बे यात्रा टुंग्यायो । नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएका छन् ।

यसैले क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने बुझिएको छ। जिम्बावेबाट इमिरेट्स विमानमा युएई हुँदै नेपाली टिम काठमाडौ ओर्लिने छन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्