Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पामा अवैध लागूऔषध चरेससहित एक महिलाको पक्राउ

रोल्पा : रोल्पामा दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित एक महिला रोल्पा नगरपालिका ४ चिउरीबोटबाट शनिबार राति स्थानीय ४० वर्षिया शर्मा विक चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएका छन् ।

सूचनाको आधारमा शर्मा विकको कोठाबाट उक्त चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालले जानकारी दिए । पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्