Logo
१४ जेष्ठ २०८१, सोमबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पामा १२१ विद्यार्थीले एसईई परीक्षा दिनबाट वञ्चित

रोल्पा : परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी गराएको छ ।

शिक्षा नियमावली अनुसार विद्यालयमा ७५ प्रतिशत विद्यार्थीको हाजिर हुनुपर्ने प्रावधान छ । जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेका अनुसार, शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै विद्यालययमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको भए पनि सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

उनीहरुले एसईई परीक्षामा सामेल हुन गत असारमा आवेदन फाराम भरेको भएपनि हाजिरी नपुगेका कारण परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । रोल्पामा यस वर्ष सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेडवृद्धि गरी तीन हजार ५९२ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् । एक महिला केन्द्राध्यक्षसहित १८ केन्द्रमा परीक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय, रोल्पाले बताएका छन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्