Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको नेतृत्व मैले गर्न पाएँ, ५ वर्षभित्र पुरानो शक्तिमै फर्काउनसक्छु : विजय गच्छदार

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदारले कांग्रेसलाई पाँच वर्षभित्र पुरानै शक्तिमा फर्काउन सकिने बताएका छन् ।

त्यसका लागि नेतृत्व चनाखो र गम्भीर हुनुपर्ने उनको भनाइ छ । बिहीबार राति एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘कांग्रेसको नेतृत्व मैले गर्न पाएँ भने, पाँच वर्षभित्र पुरानो शक्तिमै फर्काउन सक्छु ।’

छिट्टै आफू पार्टीको उपसभापति पनि बन्ने उनले दाबी पनि गरे । आफूलाई सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले नै उपसभापति बनाउने उनको दाबी छ ।

अबको पाँच वर्ष प्रतिपक्षमा रहे पनि जनचाहना अनुसारका काम गरे पार्टीले पुरानै शक्ति हासिल गर्न सक्ने उनको भनाइ छ ।

अहिले पार्टीभित्र देखिएको गुट उपगुटप्रति लक्षित गर्दै उनले भने, ‘यस्तो प्रवृत्तिले व्यक्तिलाई सीमित समयका लागि फाइदा होला, तर पार्टीलाई दीर्घकालीन नोक्सान हुन्छ ।’

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्