Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज : शशिकला र वृन्दादेवी प्रतिपर्धामा

काठमाडौं : आज राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि चुनाव हुँदैछ । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि वाम गठबन्धन र नेपाली कांग्रेस दुवैले उम्मेदवारी दिएपछि निर्वाचन गरिन लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना निर्वाचित भइसकेका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) ले उम्मेदवारी दिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्