Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर, स्वेच्छिक अवकास रोक्ने संकेत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर रहेको बताएका छन् ।

जागिर सुरु गर्दाको सर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवागर्न कमर्चारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीको जोड रहेको छ ।

उनले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने बताए । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीअ ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए ।

‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न सकिदैन’प्रधानमन्त्री ओलीले भने ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं ।’

प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार कामगर्न आग्रह गरे । ‘गमलालाई उपयोग गरेर एक मुठा साग उत्पादन गरेर एक छाक टार्नुहोस’प्रधानमन्त्री ओलीले भने ‘तपाईंका लागि गरिएको यो सानो कामले कामले देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउछ । ’

‘खटाएको ठाउँमा जान्नभन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह््याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भने ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको जनाएको छ ।

सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी चार सचिवसहित नौ हजार ६५६ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो ।

मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो ।

कर्मचारीको वृतिविकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागु हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नगरपालिकामा सरुवाहुँदा बढुवा नहुने,प्रदेशमा सरुवाहुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन’प्रधानमन्त्री ओलीले भने ‘आवश्यकता आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँगयो त्यहीं सिमित भएर बस्नु पर्दैन । ’

कर्मचारी स्थायी सरकार भएकोले उसको सहयोग विनाकुनै पनि सरकारले छिटो छरितो ढंगले कामगर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हिजो कर्मचारीबाट पनि केही तलमाथी भयो होला’प्रधानमन्त्री ओलीले भने ‘हिजो देशको अवस्था पनि विग्रिएको थियो । सरकारको नेतृत्व पनि विग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यस कारण कर्मचारी पनि समय अनुसार चल्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई विकासमुखी,जनमुखी,सेवामुखी र शुशासनमुखी भएर कामगर्न निर्देशनदिनु भएको छ ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्