Logo
६ जेष्ठ २०८१, आईतबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारमा स्थाई रोजगारी सिर्जना गर्ने : सञ्चार राज्यमन्त्री बाँस्कोटा

धुलिखेल : सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमा रोजगारी सिर्जना गर्ने खालको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई विध्वंशको माध्यम नबनाउन सञ्चार जगतलाई आग्रह गर्नुभयो । राज्यमन्त्री बाँस्कोटाले पत्रकारितामा भएको समस्यालाई समाधान गर्न सरोकारवाला निकाय राज्यका विभिन्न वैधानिक निकाय, नेपाल पत्रकार महासंघ, सञ्चारविज्ञ र विभिन्न संघ÷संस्थासँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

उहाँले सरकारी क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र निजी सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीबीचको पारिश्रमिकको विषयमा उठेको मुद्दालाई समाधान गरी नेपाली प्रेसलाई मर्यादित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटलाई नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले राज्यमन्त्री हुनुभएकामा स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा बोल्दै उहाँले अहिलेको वाम गठबन्धनको सरकारलाई गफ गर्ने समय नभएकाले काम गरेर देखाउने बताउनुभयो । उहाँले निर्वाचनका बेला गरेका संकल्पित योजनालाई पाँच वर्षभित्रमा गरेर देखाउनुपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने र सरकारलाई पनि काम गर्ने वातावरण बनाइ दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्