Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदी र शी जिनपिङ यसैवर्ष नेपाल आउँछन् : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८मै भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको गृहकार्य पनि सुरु भएको छ तर, कुन देशबाट हुन्छ भन्ने तय छैन । उनले भने, प्रधानमन्त्री र राष्ट्रपति दुबैले छिमेकी राष्ट्र लगायत अरु देशहरुको भ्रमण गर्नु हुन्छ । छलफलकै चरणमै रहेकाले कहाँबाट सुरु हुन्छ भन्ने तय भएको छैन ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री ज्ञवालीले अन्तराष्ट्रिय समुदायलाई नयाँ सरकारका सन्देश दिन प्रधानमन्त्रीको विदेश भ्रमणको गृहकार्य सुरु गरिएको हो । उनले भारत र चीनका साथै अमेरिका, बेलायत र जापानबाट उच्चस्तरको भ्रमणको पहल हुने बताए ।

चिनियाँ राष्ट्रपतिलाई २०१६ मै नेपाल ल्याउन पहल भएपनि सरकार परिर्वतनका कारण सम्भव नभएको भन्दै उनले भने, उनले भने,’२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति नेपाल आउनुहुन्छ भन्ने विश्वास छ ।’  भारतले नयाँ ढंगले सम्वन्ध विकास गर्न खोजेको भन्दै उनले विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको जगमा टेकेर दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याइने बताए ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्