Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नन्दबहादुर पुन पासाङले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं : नन्दबहादुर पुन ‘पासाङ’ले दोस्रो कार्यकालका लागि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पासाङको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल र परशुराम मेघी गुरूङ रहेका छन् भने समर्थकमा जयपुरी घर्ती, देव गुरुङ, ओनसरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गौतम रहेका छन् ।

आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।

आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्