Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सी जिनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चयन

चीन :  राष्ट्रपति पदमा सी जिन पिङलाई चिनियाँ संसदले एकमतले चयन गरेको छ । नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए। पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

त्यसैगरी सी जनवादी गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगको प्रमुख पनि चुनिएका छन् । उनले शनिबार ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठा जनाउँदै सार्वजनिक शपथ पनि लिए । यस्तो सपथ उनले पहिलो पटक लिएका हुन् ।

तेह्रौँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिको अध्यक्षमा भने ली झाङ्सु निर्वाचित भए ।

यसअघि भ्रष्टाचार विरोधी अभियानका प्रमुख बनाइएका वाङ क्विसान उपराष्ट्रपतिमा चयन भएका छन् । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च ३ र तेह्रौं राष्ट्रिय जनकांग्रेस (एनपीसी) को पहिलो अधिवेशन मार्च ५ मा बेइजिङमा सुरु भएको थियो ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्