Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज घोडेजात्रा पर्व : सैनिक मञ्चमा विशेष समारोहको आयोजना

काठमाडौं : आज घोडेजात्रा पर्व । चैत कृष्ण औँसीका अवसरमा उपत्यकामा आज यो पर्व मनाईदैछ । परापुर्व कालदेखि उपत्यकाको बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुख यातना दिने गरको र सो राक्षसलाई घोडाको टापले कुल्चिएर मारेको किम्वदन्ती अनुसार यो जात्रा मनाउन थालिएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रम गरि उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरमा आज घोडे जात्रा मनाइन्छ ।  जात्राको अवसरमा नेपाली सेनाले काठमाण्डौको टुडिँखेलमा आज विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाउँदैछ ।

यस अवसरमा सैनिक मञ्चमा नेपाली सेनाले अश्वकला, अश्व दौड लगायतका प्रदर्शनीको आयोजना गरेको छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको सुरुवात हुने विश्वासका अनुरुप चैत्र कृष्ण औँसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन  छ   ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्