Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्मनिर्भर बन्न नेपालको प्रयाश : उत्पादनसँगै निर्यात बढ्यो

काठमाडौं : पछिल्लो समय मुलुकमा आन्तरिक उत्पादनसँगै निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, जिङ्क सिट, धागो लगायतका वस्तुको उत्पादन बढेको छ भने निर्यातमा पनि वृद्धी देखिएको छ ।

त्यस्तै, जुस,अलैँची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुमा समेत निर्यात बढिरहेको छ ।

आर्थिक बर्ष २०७४/७५ को छ महिनासम्ममा कुल वस्तु वैदेशिक व्यापारमा कुल निर्यात १३.४ प्रतिशतले वृद्धि भई रु. ४१ अर्ब १४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भारततर्फ १३.१ प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अन्य मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको थियो ।

कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकांमा कमी आएको राष्ट्र बैंक बताउछ । बाहिरी मुलुकमा नेपालबाट बढि निर्यातहुने बस्तुमा उनी गलैंचासहित कपडा, पोलिष्टर धागो, जुस, जिंक सिट, जुटका उत्पादन, तयारी कपडा, अलैंची, जिआई पाइप, जुत्ता तथा स्यान्डल रहेका छन् ।

यी वस्तुहरु मुलतः भारत र चीनमा बढि निर्यात हुने गरेका छन् । राष्ट्र बैंकका अनुशार पछिल्लो समय नेपालको कृषि उत्पादनले पनि अन्तर्राष्ट्रिय बजार पाउन थालेको छ ।  नेपाली किसानले उत्पादन गरेको अर्गानिक वस्तुहरूमा चिया, कफी, रुद्राक्ष, दाल, टिमुर, फूललगायत बिरुवाजन्य कृषि तथा जडीबुटी विदेशमा निर्यात हुने गरेका छन् ।

यी वस्तु झण्डै ३० मुलुकमा जाने गरेको कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत डा. रामकृष्ण श्रेष्ठ बताउछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा सर्वाधिक निर्यात हुने पाँच कृषिजन्य वस्तुहरूमा चिया, काठका सामान, रुद्राक्ष तथा भद्राक्ष (बयर दाना), कफी दाना रहेको कृषि विभाग अन्तर्गत रहेको व्यापार तथा निर्यात महाशाखा बताउछ ।

त्यसैगरी विमानस्थलबाट ताजा तरकारी, फलफूलका बीउ, चिराइतो, मसला, घाँसको बीउ, ग्यानोडर्मा, सतुवा, हर्रो, टिमुर, लेमन ग्रास रहेका छन् । नेपालको कफी बिन डेनमार्क, बेलायत, कोरिया, स्विटजरल्यान्ड, हङकङलगायत मुलुकमा निर्यात गर्दै आएको छ । त्यसैगरी हवाई मार्गबाट धेरै निर्यात हुने चिया अमेरिका, क्यानडा, जापान, चीन, जर्मनी, अस्ट्रेलियालगायत १५ मुलुकमा हुने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

स्वोदेशी उत्पादनलाई प्रोत्साहन गर्न हरेक वर्षको बजेटमा उद्योग, व्यापारमैत्री कार्यक्रम ल्याउने गरेको अर्थमन्त्रालय बताउछ । मन्त्रालयका प्रवक्ता सहसचिव अर्जुनप्रसाद पोखरेलले हरेक वर्षको बजेटमा सरकारले स्वोदेशी उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न खाले कार्यक्रम ल्याउने गरेको बताए ।

उनका अनुशार अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो वर्षको बजेटमा उत्पादन वृद्वी गरी निर्यात बढाउने खालका कार्यक्रम ल्याउनका निम्ति विभागीय अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।
यता सरकारले उत्पादन वृद्धी गर्न र निर्यात बढाउनका निम्ति राजस्वमा समेत व्यपारीहरुलाई छूट दिने गरेको आन्तरीक राजस्व विभागका निर्देशक शरद निरौला बताउछन् ।

उनका अनुशार सरकारले उत्पादनमुलक उद्योगलाई विशेष उद्योग भित्र सरकारले राख्दै आएको छ । विशेष उद्योगभित्र स्वोदेशि उद्योगलाई राखि सरकारले पर्याप्त रुपमा छुट दिइरहेको निरौलाको भनाई छ ।

विशेष उद्योग भित्र रहनेलाई खर्च दावी गर्ने व्यवस्था फराकिलो गरिएको र सोही आधारमा सरकारले कर छुट दिर्दै आएको छ । ०७३ साल मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था पनि छ । ऐनले व्यवस्था गरेको छुट तथा सुविधाहरू उद्योगले उपभोग गर्न पाइरहेको र उद्योगहरूको कर छुटको मूल्यांकन सोही ऐनबाटै हुर्दै आएको आन्तरीक राजस्व विभाग बताउछ ।

उत्पादित वस्तु महाँगो हुँदा विदेशी वस्तुको प्रयोग नेपालमै बढेको कतिपयको भनाई छ । स्वोदेशी वस्तुको मुल्य घटाउन तर्फ राज्यले ठोस पहल लिन आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्