Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब जनताको हितमा काम गर्नुस्, मूल्यांकन हुनेछ : मन्त्री महासेठ

काठमाडौँ : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देश र जनताको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयमा  पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, “अब देश र जनताको हितमा काम गर्नुस्, राम्रो काम गर्नेको राम्रै मूल्यांकन हुनेछ, म कुनै राजनीतिक विचारसँग सरोकार राख्दिन ।”

मन्त्री महासेठले आगामी ५ वर्ष्भित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक समृद्धि र पूर्वाधार विकासको कामलाई तीव्रता दिने विषयमा प्रधानमन्त्रीको चासोलाई बुझेर काम गर्न आवश्यक रहेको बताउँदै मन्त्री महासेठले थोरै समयमा धेरै काम गरेर राम्रो परिणाम दिन सक्नुपर्दछ भन्ने धारणा राखे ।

यसअघि मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्कीले मन्त्री महासेठलाई मन्त्रालय मातहत सञ्चालन गरेका आयोजनाका बारेमा जानकारी गराउँदै मुलुकमा पूर्वाधार निर्माणमा नेतृत्वले दिने निर्देशनलाई हामीले कटिबद्ध र प्रतिबद्धताका साथ काम गरी निकै सकारात्मक नतिजा दिलाउने अठोट व्यक्त गरेका थिए ।

को हुन मन्त्री महासेठ ?

नवनियुक्ति मन्त्री महासेठसँग नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री भएर काम गरेको अनुभव छ । धनुषा–४ बाट निर्वा्चित महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिइएको छ। उनी यसअघि २०६४ सालको उपचुनावमा धनुषा–५ बाट निर्वा्चित भएका थिए।

झलनाथ खनाल सरकारमा सिँचाइमन्त्री रहेका महासेठ एमालेभित्र मधेसी समुदायका सिनियर नेता हुन्। प्रधानमन्त्री आफैंले सरोकार राखेको मन्त्रालय दिएर महासेठलाई गह्रुंगो जिम्मेवारी बोकाएका छन्। प्रदेश नम्बर–२ बाट प्रत्यक्ष निर्वा्चित हुने दुईमध्ये महासेठ एक हुन्।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्