Logo
२२ बैशाख २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्याब्सनन अध्यक्ष कार्की पक्राउ

काठमाडौं : ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् । सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विद्यार्थीलाई दुर्व्यवहार गरेको उजुरीपछि कार्कीलाई हिजो राति पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र चन्दले रातोपाटीलाई जानकारी दिए ।

कार्की ललतिपुर प्याब्सननको अध्यक्ष पनि हुन् । कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्