Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणेश लामालाई रिहा गर्न नेपाली कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेस काभ्रेले युवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरी लामालाई बुधबार साँझ राजधानीको गौशालाबाट पक्राउ गरी सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहाई गर्न माग गरेको छ ।

कांग्रेस जिल्ला सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए । उनले भने, ‘हामी यस कार्यप्रति घोर भत्र्सना गदछौँ, कांग्रेसका युवा नेता गणेश लामा शारीरिक ब्यायामबाट घर फर्किदै गर्दा गौशाला नजिक उनीमाथि गोली प्रहार भयो, भाग्यवश उनलाई गोली लागेन, उनीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले समातेन, तर गणेशजीलाई हात हतियारसहित लामा पक्राउ गर्यौँ भनेर प्रहरीले सूचना जारी गर्यो, यो भन्दा गैर–जिम्मेवारी कुरा के हुन सक्छ ? लामाले आफूमाथि गोली हान्नेलाई समात्न खोज्दा उनीहरु भागे, प्रहरीले भाग्नेहरुलाई नसमातेर लामालाई मात्रै समात्यो, गोली हान्ने मानिस भाग्छ, प्रहरीले लामालाई षड्यन्त्रपूर्वक समात्छ, प्रहरीले देखाएको यो कस्तो नाटक हो?’

उनले अघि थपे, ‘हामीले त्यो समयका प्रत्यक्षदर्शी र सिसिटिभी क्यामेरामा कैद भएका फुटेज हेर्दा सदधा पोशाक लगाएका प्रहरीले नै लामामाथि गोली हानेको शंका गरेका छौँ, यस्तो स्थिति हो भने मन नपरेका मानिसलाई अधिनायकवादी सरकारले प्रहरी प्रशासन लगाएर मार्ने अनि संविधान प्रदत्त नागरिकले बाँच्न पाउने हकमाथि कुठाराघात गर्ने अनि कसरी हामीले सरकारको विश्वास गर्ने ?’

षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै कांग्रेस काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे । उनले भने, ‘राज्य शक्तिको दुरुपयोगको बाटोमा गएको छ, यस्तो स्थितिमा हामीले कसको विश्वास गर्ने, कसको भर पर्ने, सरकार नै गुण्डागर्दीको शैलीमा जनतामाथि आक्रमण गर्ने मनस्थितिमा उत्रेको छ यो कांग्रेसलाई स्वीकार्य हुँदैन ।’

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्