Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले नेपाली सेनालाई दियो ७ जोडी घोडा उपाहार

काठमाडौं : भारतले नेपाली सेनालाई घोडा दिएको छ । शुक्रबार चितवन जिल्लाको भरतपुरस्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरेको विभिन्न जातका ७ वटा घोडाघोडीहरु भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एक समारोहबीच हस्तान्तरण गरेका छन् ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हस्तान्तरण कार्यक्रमको दौरान प्रधान सेनापति क्षत्रीले यस प्रकारको सहयोगबाट नेपाली सेना र भारतीय सेनाको परापूर्वकालदेखि रही आएको सुमधुर सम्बन्धलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साथै, यस सहयोगले बृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडीहरु नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउने भएको हुँदा देशको आर्थिक व्यायभारमा समेत कमी आउने देखिएकोले भारतीय सेनाको यस कार्यबाट नेपाली सेनासँग अझ बढी सुमधुर सम्बन्ध कायम राख्न टेवा पु¥याउने भन्दै भारतलाई धन्यवाद दिए ।

सो कार्यक्रममा प्रबन्धरथी उपरथी शशिचन्द्र बहादुर सिंह, मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रभुराम शर्मा, श्री नं. ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामनाथ शर्मा ढुङ्गानाको समेत उपस्थित रहेको थियो । उक्त ईक्वाइन बृडिङ सेन्टरमा हाल ६३ वटा घोडाघोडीहरु तथा ५ वटा गधा रहेको र बार्षिक रुपमा १४–१५ वटा बच्चा घोडाघोडी उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्